कीवर्डहरू -

चीनमा एप्पलको भिजन प्रो यसै वर्ष सार्वजनिक हुने

चीनमा एप्पलको भिजन प्रो यसै वर्ष सार्वजनिक हुने

एप्पलले चीनमा भिजन प्रो सार्वजनिक गर्ने भएको छ । एप्पलका सीईओ टिम कुकले सन् २०२४ मा चीनमा भिजन प्रो हेडसेट सार्वजनिक गर्ने बताएका हुन् । 

चीनियाँ मिडिया सीसीटीभीले वेइबोमा पोष्ट गरेको भिडियोमा सीईओ कुकले यो वर्ष चीनमा भिजन प्रो सार्वजनिक हुने बताएका छन् । 

गत फेब्रुअरीमा एप्पले अमेरिकामा आफ्नो भर्चुअल तथा अगुमेन्टेड रियालिटी हेडसेट भिजन प्रो सार्वजनिक भएको थियो । 

चीनमा भिजन प्रोले स्थानीय हेडसेट पाइकोसँग प्रतिस्पर्धा गर्नेछ, जुन बाइटडान्सको हो । केही दिनयता कुक चीनको भ्रमणमा छन् ।