कीवर्डहरू -

माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै

माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ । 

विभागसँगको सहकार्यमा सोसाइटी अफ इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर्सले माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयको केन्द्रिय क्याम्पस धुलिखेलमा २ दिने प्रदर्शनी इपेक्स २०२५ आयोजना गर्न लागेको हो । 

यस वर्ष इपेक्सको प्रि-ईभेन्टको रूपमा इलेक्ट्रोनिक्स वर्कशप, आईडियाथन, सर्किट डिजाइन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । 

इंगेज, इलिभेट र एक्जिक्युट थिममा आयोजना हुने यसमा रोबो-वार, अक्का सुमो, हार्डवेयर ह्याकथन र लाइन फलोइङ्ग रोबोट जस्ता विभिन्न प्रतियोगिताहरू हुनेछन् ।

यस वर्ष इपेक्सको प्रि-ईभेन्टको रूपमा इलेक्ट्रोनिक्स वर्कशप, आईडियाथन, सर्किट डिजाइन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । साथै साङ्गितिक प्रस्तुति, करियर फेयर, टक शो, एलुमुनाई मिट र इन्सिफिर वार्षिक म्यागजिन समेत सार्वजनिक गरिने छ । 

इपेक्स २०२५ को दर्ता छिट्टै खुल्ने  सोसाइटी अफ इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर्सले जानकारी दिएको छ ।