कीवर्डहरू -

एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ

एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ

टेक नियमहरूको उल्लङ्घन गरेको आरोपमा युरोपेली संघ एन्टिट्रस्ट नियामकले सोमबार एप्पल, अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरूमा डिजिटल मार्केट ऐन अन्तर्गत पहिलो अनुसन्धान सुरु गरेको छ । 

डिजिटल मार्केट ऐन अन्तर्गतको दायित्व पूरा नगरेको भन्दै युरोपेली संघले एप्पल, गूगल र मेटामाथि अनुसन्धान अगाडि बढाएको हो । 

अल्फाबेट, एप्पल र मेटाका नियमहरू छानबिन भइरहेको छ । यसका साथै गुगल सर्चमा आफूलाई प्राथमिकता दिने विषयमा पनि अनुसन्धान हुनेछ ।

सफारी एप स्टोरमा स्टेयरिङ र एप्पलको नियमहरूको लागि पनि परीक्षण हुने जनाइएको छ । ईयूले मेटाको भुक्तानी वा सहमति मोडेलको पनि अनुसन्धान गर्ने बताएको छ ।

आयोगले वैकल्पिक एप स्टोरहरूको लागि एप्पलको नयाँ शुल्क संरचना र अमेजनको र्‍याकिङ अभ्यासहरूको बारेमा अनुसन्धान अघि बढाउने छ । 

युरोपेली संघले ठूला प्राविधिक कम्पनीहरू (एप्पल, गुगल र मेटा) लाई आफ्नो प्रभुत्वको फाइदा उठाएको आरोप लगाएको छ ।

अमेरिकी र युरोपेली नियामकहरूको दावी अनुसार यी कम्पनीहरूले आफ्नो वरिपरि ग्राहकहरूलाई प्रतिद्वन्द्वी सेवाहरू प्रदान गर्ने अन्य कम्पनीहरूमा स्विच गर्न गाह्रो वा असम्भव हुने वातावरण सिर्जना गर्ने गरेका छन् । यस कारण साना कम्पनीले अगाडि बढ्ने अवसर पाइरहेका छैनन् ।

यसै सिलसिलामा अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी) ले अमेरिकाका चार ठूला टेक कम्पनीहरू अमेजन, एप्पल, गुगल र मेटाविरुद्ध अनुसन्धान गरिरहेको छ ।