कीवर्डहरू -

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएको छ ।

लिंक्डइनले छोटो भिडियोहरू राख्न मिल्ने प्लेटफर्मको विकास गरिएको छ । टेकक्रन्चको एक रिपोर्ट अनुसार, लिंक्डइनले छोटो भिडियो सिस्टम परीक्षण गरिरहेको छ । परीक्षणपछि प्रयोगकर्ताहरूको फिडमा छोटो भिडियोहरू पनि देखिने छन् ।

अहिलेसम्म लिंक्डइनमा ल्यान्डस्केप स्टाइलमा भिडियोहरू देखाइन्थ्यो तर अब शर्ट भिडियो सुविधामा पनि प्रवेश गर्न खोजेको हो ।

नयाँ अपडेट पछि, लिंक्डइनमा छोटो भिडियोहरूको लागि छुट्टै ट्याब देखा पर्नेछ । हाल बेटा प्रयोगकर्ताहरूले मात्र यो सुविधा प्रयोग गर्न पाउने छन् ।