कीवर्डहरू -

फेसबुकको पासवर्ड बिसिर्नुभयो ? यसरी गर्नुहोस् रिसेट

फेसबुकको पासवर्ड बिसिर्नुभयो ? यसरी गर्नुहोस् रिसेट

फेसबुक, ह्वाट्सएप , इन्स्टाग्राम धेरैले प्रयोग गर्ने प्रयोग एपहरू हुन् । हामी सधैं यी एपहरू हाम्रो स्मार्टफोनमा लगइन राख्छौं, जसको कारण बारम्बार इमेल आईडी र पासवर्ड इन्टर गरेर साइन इन गर्दैनौं ।

धेरै समयसम्म लगइन नगर्दा पासबर्ड बिर्सने सम्भावना धेरै हुन्छ । फेसबुकमा प्रयोगकर्ताहरू प्रायः यो समस्याको सामना गर्छन् । यदि तपाईंले आफ्नो फेसबुकको पासवर्ड पनि बिर्सनुभएको छ र अर्को डिभाइसमा खाता खोल्न सक्नु भएको छैन भने आज हामी तपाईंलाई यो समस्याको समाधान बताउँदै छौं ।

फेसबुकमा पासवर्ड बिर्सिएमा रिसेट गर्ने सुविधा रहेको छ, पुरानो पासवर्ड याद भएन भने पासवर्ड पनि रिसेट गर्न सकिन्छ । फेसबुक पासवर्ड रिसेट गर्नका लागि, तपाईंले आफ्नो दर्ता गरिएको इमेल आईडी सम्झनु आवश्यक छ, जुन तपाईंले आफ्नो फेसबुक अकाउन्ट बनाउँदा प्रयोग गर्नुभएको थियो । यसबाहेक, तपाईं आफ्नो फोन नम्बर पनि प्रयोग गर्न सक्नुहुन्छ ।
 
फेसबुक पासवर्ड कसरी रिसेट गर्ने ?

– सबैभन्दा पहिले www.facebook.com मा जानुहोस् र फेसबुक लग इन पेज खोल्नुहोस् ।

– अब यहाँ तपाईंले इमेल आइडी प्रविष्ट गर्नुपर्नेछ र पासवर्ड नदिई फरगट खातामा क्लिक गर्नुहोस् ।

– अर्को पेजमा तपाईंले आफ्नो दर्ता गरिएको इमेल आईडी वा फोन नम्बर प्रयोग गर्नुपर्नेछ ।

– अब तपाईंलाई पासवर्ड रिकभरीको लागि इमेल र म्यासेजसहित तीन वटा विकल्प आउने छन् ।

– तपाईले माथिको तीन मध्ये जुन विकल्प रोज्नुहुन्छ तपाईलाई कोड पठाइनेछ ।

– अब तपाईले अर्को डिभाइसमा प्राप्त गर्नुभएको कोड भर्नुहोस् ।

अब तपाईको अगाडि एउटा नयाँ पेज खुल्नेछ, जसमा तपाईले फेसबुकको नयाँ पासवर्ड सेट गर्नुपर्नेछ । यो प्रक्रिया पछि तपाईले नयाँ पासवर्डको साथ आफ्नो फेसबुक अकाउन्ट खोल्न सक्नुहुन्छ ।