कीवर्डहरू -

एफडी मोटर्सको एफ फाइभ ए प्रो विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई फास्ट चार्जर सित्तैमा

एफडी मोटर्सको एफ फाइभ ए प्रो विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई फास्ट चार्जर सित्तैमा

विद्युतीय स्कुटर ब्राण्ड एफडी मोटर्सले नयाँ वर्षको अवसरमा फास्ट चार्जर सित्तैमा दिने भएको छ । 

नयाँ वर्ष २०८१ मा एफ फाइभ ए प्रो मोडेल विद्युतीय स्कुटर खरिद गर्ने पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा दिने भएको हो । 

यस अफरको फाइदा प्रयोग गरेर ग्राहकले २५ हजार रूपैयाँ बचत गर्न सक्ने छन् । एफ फाइभ ए प्रो स्कुटरमा साइड ड्राइभ थ्रीके मोडल, १२० किलोमिटर रेन्ज, एलएफपी ब्याट्री, २०० एमएम ग्राउण्ड क्लियरेन्स, १६ इन्चको टायर, क्यान कम्युनिकेसन कन्ट्रोलर लगायतका सुविधा रहेका छन् । 

स्कुटर खरिद गर्नका लागि एफडी मोटर्सको आधिकारिक वितरक ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिमा सम्पर्क गर्न सकिने ।