कीवर्डहरू -

एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन

एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन

टेक स्टुडियोले एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउने गरी तिहार अफर ल्याएको छ । 

एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट  डब्लु २० (कस्मिक प्लस) स्मार्टवाच किन्दा केजीटेल मोबाइल निःशुल्क पाइने छ । 

एक्यूफिट डब्लु १६ को मूल्य ३ हजार ९९९ , एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) को मूल्य ४ हजार ९९९ र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) को मूल्य ६ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

एक्यूफिट डब्लु १६ को खरिदसँग, केजीटेल १०५ मोबाइल फोन, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन र एक्यूफिट  डब्लु २० (कस्मिक प्लस) को खरिदमा केजीटेल २४३ नि:शुल्क उपलब्ध गराइने छ । 

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १५००, १,८०० र २ हजार रूपैयाँ तोकिएको छ । यो योजना कात्तिक १५ गतेदेखि २४ गतेसम्म मात्र मान्य हुनेछ ।