कीवर्डहरू -

मनिग्रामबाट पठाएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने

मनिग्रामबाट पठाएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने

आईएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

मनिग्राम बाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम  आइएमई पेबाट प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

१० फागुनदेखि सुरु भएको यो अफर २ महिनासम्म चल्ने छ ।