कीवर्डहरू -

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्‍याकिङ २०२४ मा नेपालको अवस्था एकदमै कमजोर देखिएको छ । 

१०९ वटा देश समावेश भएको ग्लोबल स्किल र्‍याकिङ सूचीमा नेपाल १०८ औं सूचीमा परेको छ । नेपालभन्दा पछाडि सुडान रहेको छ । ग्लोबल स्किल र्‍याकिङको पहिलो स्थानमा स्वीजरल्याण्ड रहेको छ ।

ग्लोबल स्किल र्‍याकिङ

एशिया प्यासिफिक क्षेत्रको ग्लोबल स्किल र्‍याकिङ पनि नेपाल पुछारमा रहेको छ । यस क्षेत्रमा पहिलो स्थानमा जापान रहेको छ । 

कोर्सेराको स्किल ग्राफ, सम्बन्धित देशको स्क्रिल प्रोफिसेन्सी स्कोर र बेञ्चमार्क, थर्टपार्टी मेट्रिक्स र ओभर इन्डेक्सिङ ट्रेन्डको आधारमा रिपोर्ट तयार भएको थियो । 

एशिया प्यासिफिक क्षेत्रको ग्लोबल स्किल र्‍याकिङ