कीवर्डहरू -

क्यूआर कोडबाटै फाइल शेयर गर्न सकिने सुविधा ल्याउँदै गूगल

क्यूआर कोडबाटै फाइल शेयर गर्न सकिने सुविधा ल्याउँदै गूगल

गुगलले एन्ड्रोइड डिभाइसहरूमा क्वीक सेयरिंगका लागि क्यूआर कोड ल्याउने काम गरिरहेको पाइएको छ । अहिलेसम्म क्वीक सेयरिंग सुविधा ब्लुटुथसंग काम मात्रै काम गर्दछ । 

यस सुविधाको साथ, ब्लुटुथ अन गरेर फाइलहरू नजिकैका डिभाइससँग सेयर गर्न सकिन्छ । यस सन्दर्भमा गुगलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि यो काम सजिलो र कम समय खपतमा गरिरहेको छ ।

वास्तवमा, एन्ड्रोइड प्रयोगकर्ताहरूको फोनमा उपलब्ध क्विक सेयरले राम्रोसँग काम गर्दैन् । यसमा कहिलेकाहीँ प्रयोगकर्ताहरूले फाइल सेयरिंग विफलताको समस्या पनि सामना गर्छन् । त्यसैले कम्पनीले यो समस्याको समाधान क्यूआर कोडको रुपमा खोजिरहेको छ ।

एन्ड्रोइड अथोरिटीको पछिल्लो रिपोर्ट अनुसार छिट्टै प्रयोगकर्ताहरूले क्विक सेयर एपमार्फत क्यूआर कोड जेनेरेट गर्ने विकल्प पाउनेछन् ।

क्यूआर कोडको साथ फाइल–सेयरिंगको यो प्रक्रियाले सजिलैसँग एक डिभाइसलाई अर्कोसँग कनेक्ट गर्नेछ । क्यूआर कोड मार्फत फाइल सेयर गर्ने यो प्रक्रिया पनि पहिलेको भन्दा छिटो हुनेछ ।

क्वीक सेयरमा क्यूआर कोड पछिल्लो गूगल प्ले सर्भिसेज बेटा संस्करण भि २४.२०.१३ मा पाउन सकिन्छ । यसले क्यूआर कोड उत्पन्न गर्न नयाँ विकल्प देखाउने छ ।

फाइल प्राप्त गर्ने प्रयोगकर्ताले आफ्नो डिभाइसबाट सजिलैसँग यो क्यूआर कोड स्क्यान गर्न सक्छन् ।