कीवर्डहरू -

विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द

विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द

पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाएपछि यसको चर्चा झन बढी छ । 

यस्तो अवस्थामा विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगल कसरी पछि पर्न सक्थ्यो ? केही समयमै गूगलले एआई टेक्नोलोजी भएको च्याटबट सेवा जेमिनाई एआई सार्वजनिक गरेको थियो । अहिले आएर यसका केही सुविधाहरू विवादमा परेका छन् ।

जेमिनाई एआईमा समावेश गरिएका नयाँ सुविधाहरूको बारेमा धेरै विवादहरू पछि गुगलले आफ्नो जेमिनाई एआई च्याटबटको इमेज–जेनेरेसन सुविधामा अहिलेलाई रोक लगाएको छ ।

गूगलको जेमिनाईले केही ऐतिहासिक फोटोहरूमा गल्ती गर्दै अझै पनि आफ्नो एआई पूर्ण रूपमा भर पर्न मिल्ने नरहेको स्वीकार गरेको छ । यस बाहेक कम्पनीले चाँडै नै यस फिचरको राम्रो संस्करण लन्च गर्ने दाबी गरेको छ ।