कीवर्डहरू -

गूगलको डिजिटल मार्केटिङदेखि साइबर सुरक्षासम्म तालिमका लागि छात्रवृत्ति दिदै मेरो जब

गूगलको डिजिटल मार्केटिङदेखि साइबर सुरक्षासम्म तालिमका लागि छात्रवृत्ति दिदै मेरो जब

मेरो जब लिमिटेडले गूगल एलएलसीसँगको सहकार्यमा गूगल करियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । सूचना प्रविधिको क्षेत्रमा केही गर्न र सीपलाई अझै तिखार्न चाहनेका लागि गूगल करियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम उपयोगी हुनेछ । 

यो तालिम ६ महिनासम्म अनलाइनबाट सञ्चालन हुनेछ । पहिलो चरणमा प्ताप्त आवेदनका आधारमा ५०० जनालाई तालिम प्रदान गरिनेछ । 

सहभागीलाई साइबर सुरक्षा, डेटा एनालाइटिक्स, डिजिटल मार्केटिङ एण्ड ई-कमर्स, आईटी सपोर्ट, प्रोजेक्ट म्यानेजमेन्ट, युएक्स डिजाइन बारेमा विस्तृत ज्ञान प्रदान गरिने जनाइएको छ । 

यस तालिममा सहभागी हुन कुनै अनुभवको आवश्यकता पर्ने छैन् । आर्थिक रूपमा पिछडिएका र सीमान्तकृत समुदायलाई प्राथमिकता दिइने मेरो जबले जनाएको छ । 

तालिममा सहभागी हुनका लागि भरपर्दो इन्टरनेट सुविधा, ल्यापटप वा कम्प्युटर, अंग्रेजी पढ्न, लेख्न र बुझ्न तथा लर्निङ प्लेटफर्मको प्रयोग गर्न जान्नुपर्ने छ । तालिमको सबै कोर्ष अंग्रेजी भाषामा डिजाइन गरिएको छ । 

तालिममा सहभागी हुनेलाई कोर्षको एक्सेस, इन्डष्ट्री एक्सपर्टसँग वेबिनार, कोर्ष पुरा भएको गूगलबाट प्रमाणपत्र, करियर काउन्सिलिङ, अन्तर्वाता तयारी लगायतको सुविधा पाइने बताइएको छ । 

यदी तपाई पनि गूगल करियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन सक्नुहुनेछ । आवेदन आगामी मे २५ सम्म दिन सकिने छ ।