काठमाडौं । गूगलले सर्चलाई एआई-आधारित अनुभवमा रूपान्तरण गर्दै अब एआई विज्ञापन पनि ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो घोषणाअन्तर्गत जेमिनी सञ्चालित संवादात्मक विज्ञापनहरू सर्च परिणाममा कसरी देखिनेछन् भन्ने प्रिभ्यू प्रस्तुत गरेको छ । गूगलका अनुसार, सबै एआई-जनरेटेड विज्ञापनहरूलाई स्पष्ट रूपमा “Sponsored” भनेर लेबल गरिनेछ ।
गूगलले एआई मोडमा दुई नयाँ विज्ञापन प्रकार परीक्षण गरिरहेको छ, जुन “Independent AI explainer” द्वारा सञ्चालित हुनेछन् । पहिलो “Conversational Discovery Ads” हो, जसले प्रयोगकर्ताको प्रश्नको सीधा जवाफकै रूपमा विज्ञापन देखाउनेछ । दोस्रो “Highlighted Answers” हो, जसमा एआईको सिफारिस सूचीभित्र विज्ञापनहरू समावेश गरिनेछन् ।
त्यसैगरी, साधारण गूगल सर्चमा पनि एआई-आधारित विज्ञापन विस्तार हुँदैछ । “AI Powered Shopping Ads” ठूला खरिद, जस्तै फ्रिज, टिभी र कफी मेसिनजस्ता उत्पादनका लागि लक्षित हुनेछ । यी विज्ञापनमा Gemini AI ले प्रयोगकर्ताका लागि उपयुक्त उत्पादनहरू देखाउनेछ र किन ती उत्पादन उपयुक्त छन् भन्ने विवरण स्वत: तयार गर्नेछ ।
गूगलले एआई-आधारित विज्ञापन प्रणाली विस्तार गर्दै “Business Agent for Leads” नामक नयाँ फिचर पनि ल्याउने तयारी गरेको छ । यसमा Gemini सञ्चालित “smart brand agent” रहनेछ, जसले कम्पनीको प्रतिनिधिको रूपमा प्रयोगकर्तासँग संवाद गर्न सक्नेछ । उदाहरणका लागि, विश्वविद्यालय खोजिरहेका विद्यार्थीहरूले sponsored result भित्रै “Chat” वा “Ask a Question” विकल्प देख्न सक्नेछन् ।
यस्तै, “Direct Offers” फिचर पनि विस्तार हुँदैछ, जसले प्रयोगकर्तालाई एआई-आधारित व्यक्तिगत डिल, उत्पादन बन्डल, गिभअवे तथा स्थानीय कुपनहरू उपलब्ध गराउनेछ । यसमा सर्चमै built-in checkout सुविधा पनि हुनेछ, जसबाट प्रयोगकर्ताले सर्च पेज नछोडी नै खरिद गर्न सक्नेछन् । साथै, यात्रा योजना बनाउँदा एआईमार्फत व्यक्तिगत ट्राभल डिलहरू पनि देखाइनेछन् ।
आईसीटी समाचार