कीवर्डहरू -

गूगलको एआई ओभरभ्यूले बाराक ओबामाको नाम बराक हुसेन ओबामा राखेपछि...

गूगलको एआई ओभरभ्यूले बाराक ओबामाको नाम बराक हुसेन ओबामा राखेपछि...

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को जति प्रशंसा भइरहेको छ, त्यसका कमजोरीहरू पनि बाहिर आउन थालेका छन् । गुगलको एआई लन्चदेखि नै विवादमा परेको छ । अब गुगलको ‘एआई ओभरभ्यू’ विवादमा आएको छ ।

यो दुई साताअघि मात्रै सुरु भएको हो । गुगल सर्च एआई ओभरभ्यूले गलत जानकारी दिएर नयाँ बहस सुरु गरेको छ । कुनै विषयको बारेमा संक्षिप्त जानकारी दिनका लागि गुगलले एआई ओभरभ्यू ल्याएको हो । 

एआई ओभरभ्यूले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मुस्लिमको रूपमा वर्णन गरेको छ । ओभरभ्यूले बाराक ओबामाको नाम बराक हुसेन ओबामा राखेपछि गुगलका सीईओ सुन्दर पिचाई पनि छक्क परेका छन् । यस्तै एक प्रयोगकर्ताले एआई ओभरभ्यलाई चिज पिज्जामा टाँसिएको छैन भने के गर्ने भनेर सोध्दा, एआईले यसमा गैर–विषाक्त ग्लु थप्न भनेको थियो ।

जब एआई ओभरभ्यूूलाई सोधियो, “मैले हरेक दिन कतिवटा ढुङ्गा खानुपर्छ?“ त्यसैले जवाफमा, एआईले भन्यो, “यूसी बर्कलेका भूगर्भशास्त्रीहरूका अनुसार मानिसहरूले दिनमा कम्तीमा एउटा सानो ढुङ्गा खानुपर्छ ।"

गुगलको एआई ओभरभ्यूको मद्दतले सर्च अझ राम्रो हुने बताइएको थियो तर यो झन उल्टो भएको छ । गुगलको जेमिनाई इमेज जेनेरेसन टूलले पनि गलत तस्बिर बनाएपछि उक्त उपकरण बन्द गरिएको थियो ।