कीवर्डहरू -

गूगलको जीमेल, डकुमेन्ट र सिट्समा पनि अब जेमिनाईको सपोर्ट

गूगलको जीमेल, डकुमेन्ट र सिट्समा पनि अब जेमिनाईको सपोर्ट

गूगलले आफ्नो क्लाउड नेक्स्ट २०२४ सम्मेलनमा ठूलो अपडेटको घोषणा गरेको छ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टूल जेमिनाईको सपोर्ट जीमेल, डक्युमेन्ट र सिट्समा उपलब्ध गराउन सुरू गरेको छ ।

यो नयाँ अपडेटको ठूलो फाइदा भनेको जीमेलका मोबाइल प्रयोगकर्ताहरूले बोलेर इमेल लेख्न सक्नेछन् । गूगलले जीमेलको साथ एआई भ्वाइस प्रम्प्टलाई समर्थन गरेको छ ।

जीमेलमा हेल्प मि राइट सुविधा उपलब्ध भएको छ, जसको मद्दतले बोलेर इमेल लेख्नको लागि एआई प्राप्त गर्न सक्नुहुन्छ । यस बाहेक, जीमेलका लागि एक इन्स्ट्यान्ट पोलिश फिचर पनि जारी गरिएको छ, जसले एक क्लिकमा राम्रो तरिकाले रफ मेल लेख्न सक्ने छ ।

गूगल डक्सको बारेमा कुरा गर्दा जेमिनाईको सहयोगमा डकुमेन्ट राम्रो तरिकाले व्यवस्थित गर्न सकिने छ । अब कुनै पनि डकुमेन्ट खोज्न पनि सजिलो हुनेछ । यस बाहेक, अब कभर इमेजका लागि धेरै विकल्पहरू उपलब्ध हुनेछन् । नयाँ अपडेट पछि, प्रेजेन्टेसन सिर्जना गर्न समेत सजिलो हुने जनाइएको छ ।

गुगल सिट्समा जेमिनाईको समर्थनपछि, प्रयोगकर्ताहरूले नयाँ टेबल पाउनेछन्, जसमा सबै प्रकारका डाटाहरू राम्रो ढाँचामा व्यवस्थित गर्न सकिन्छ । यसका साथै अब धेरै नयाँ टेम्प्लेटहरू उपलब्ध हुनेछन् । 

गुगल च्याटका लागि जेमिनाई समर्थन पनि जारी गरिएको छ । एआईको सहयोगमा सम्पूर्ण च्याटका प्रश्न र उत्तरहरू संक्षेप गर्न सकिने छ । नयाँ अपडेटले कुनै पनि सन्देशलाई तपाईंको भाषामा स्वचालित रूपमा अनुवाद गर्नेछ ।