कीवर्डहरू -

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने भएको छ । बुधबार गूगलले इन्टरनेट आर्काइभसँगको सहकार्यमा नयाँ अपडेटको घोषणा गरेको हो । 

यसबाट हालै अपडेट भएका वेब पेजहरूको जानकारी पाइनेछ । अब आर्काइभ गरिएका वेब पेजहरू गूगल सर्च रिजल्टमा देखिनेछन् । 

कुनै लिंकको पुरानो भर्सनमा पहुँच गर्नका लागि प्रयोगकर्ताहरूले सर्च नतिजामा देखिने तीन डट अप्शनलाई छान्नुपर्नेछ र यो नतिजाबारे प्यानलमा 'यो पेजबारे थप' भन्ने अप्शन छान्नुपर्नेछ ।

यससँगै, वेबसाइटको पुरानो भर्सनको लिंक “पुरानो संस्करण हेर्नुहोस्" भन्ने टेक्स्टसँग देखिनेछ । यो नयाँ सुविधा इन्टरनेट आर्काइभको वेब्याक मेसिनको प्रयोगबाट हुन्छ, जसले वेबसाइटलाई त्यही दिनको जस्तो देखाउँछ जुन दिनमा त्यो प्रकाशित भएको थियो ।

गूगलले अबाऊट दिस पेज’ सुविधामा इन्टरनेट आर्काइभको वेब्याक मेसिनको लिंक थपेको छ, जसले मानिसहरूले छिटो सामग्री पाउन र जानकारी सजिलै उपलब्ध गराउने छ । गूगलको यो नयाँ आर्काइभ लिंक सुविधा अहिले रोल आउट भइरहेको छ र यो सुविधा ४० भाषाहरूमा उपलब्ध हुनेछ ।

इन्टरनेट आर्काइभ एक अमेरिकी गैर–नाफामूलक डिजिटल लाइब्रेरी हो, जसले अर्बौं वेब पेजहरूलाई आर्काइभ गरेर सुरक्षित राख्छ । ती लिंकहरूले प्रयोगकर्ताहरूलाई कुनै साइटको वेब पेजको पुरानो भर्सन हेर्न मद्दत गर्ने गर्दछ ।