कीवर्डहरू -

गूगल वान भिपिएन बन्द हुँदै

गूगल वान भिपिएन बन्द हुँदै

आगामी जुन २०, २०२४ देखि गूगल वान भिपिएन बन्द हुने भएको छ । यसअघि पनि गूगल वान भिपिएन बन्द भएको खबर आएको थियो तर आधिकारिक जानकारी भने दिइएको थिएन । यसअघिका रिपोर्टहरूले गुगल वान भिपिएन आउँदो केही महिनामा बन्द हुने बताइएको थियो । 

गुगलले पछिल्लो एक वर्षमा आफ्ना धेरै सेवाहरू बन्द गरेको छ । अब यो सूचीमा गूगल वान भिपिएनको नाम पनि थपिएको छ । गूगल वान भिपिएन बन्द भएको सूचना अब गूगल वान भिपिएन एपमा पनि देखिने छ । गूगलले आफ्नो सपोर्ट पेजमा गूगल वान भिपिएन कसरी अनइन्स्टल गर्ने भनेर व्याख्या गरेको छ ।

अब गुगल फाई मार्फत प्रयोगकर्ताहरूले गुगलबाट भिपिएन सेवा पाउनेछन् । पिक्सेल फोनहरूले जुन ३ देखि अपडेट प्राप्त गर्नेछन्, जसले फोनमा भिपिएन सेवा प्रदान गर्नेछ । यस बाहेक एउटा सेक्युरिटी प्याच पनि आउनेछ, जसको साथमा भिपिएन बाई गूगल पनि आउनेछ ।