कीवर्डहरू -

इनकग्निटो मोड कतिको सुरक्षित छ? के यो ह्याक हुन् सक्छ ?

इनकग्निटो मोड कतिको सुरक्षित छ? के यो ह्याक हुन् सक्छ ?

आजकाल सबैजना गोपनीयता र सुरक्षाको बारेमा चिन्तित छन् । धेरै मानिसहरू इन्टरनेट प्रयोग गर्दा आफ्नो ब्राउजरमा इन्कग्निटो मोड अन गर्छन् ।

मानिसहरू सोच्छन् कि यस तरिकाले उनीहरूको ब्राउजिङ इतिहास पूर्ण रूपमा सुरक्षित हुनेछ । के साँच्चै यस्तै हो ? वास्तवमा, यदि ह्याकरहरूले तपाईंको उपकरणमा प्रवेश गरे भने, उनीहरूले तपाईंको बारेमा सबै कुरा थाहा पाउनेछन् ।

ह्याकरहरूले तपाईंले इन्कग्निटो मोडमा खोज्नुभएको कुरा सजिलै पत्ता लगाउन सक्छन् । तर यो सबै कसरी हुन सक्छ ? यसका लागि हामीले केही कुराहरू बुझ्नुपर्छ ।

इन्कग्निटो मोडले कसरी काम गर्छ ?

जब हामीले ब्राउजरमा इन्कग्निटो मोड अन गर्छौं, यसले प्रयोगकर्ताको ब्राउजिङ गतिविधिलाई अलग गर्छ र छुट्टै ब्राउजिङ शत्र सुरु गर्छ । इन्कग्निटो मोड इन्टरनेट प्रयोग गर्दा, ब्राउजरले हाम्रो ब्राउजिङ इतिहास, कुकीज, फर्म डाटा, पासवर्ड र अस्थायी डाटा स्टोर गर्दैन् ।

यसको प्रयोगका धेरै फाइदाहरू छन्, जस्तै कुकीहरू भण्डारण नगर्दा, वेबसाइटहरूले प्रयोगकर्ताहरूको इन्टरनेट एक्सपेरियेन्स ट्र्याक गर्न सक्दैनन । धेरै ब्राउजरहरूमा, जब इन्कग्निटो मोड सक्रिय हुन्छ, डाउनलोड गरिएका फाइलहरू पनि लुकेका हुन्छन् ।

इन्कग्निटो मोड भनेको थप गोपनीयता हो ?

इन्कग्निटो मोडको सबैभन्दा ठूलो विशेषता भनेको यसले तपाईको ब्राउजिङ इतिहास र उपकरणमा कुकीज बचत गर्दैन् । यसको मतलब अरू कसैले तपाईंको ब्राउजिङ गतिविधि हेर्न सक्षम हुँदैनन् । साइबर क्याफे वा अफिस कम्प्युटरमा एउटै यन्त्रका धेरै प्रयोगकर्ताहरू हुँदा यो सुविधा धेरै उपयोगी हुन्छ ।

के इन्कग्निटो मोड ह्याक गर्न सकिन्छ?

यद्यपी इन्कग्निटो मोडले तपाइँको वेब ब्राउजिङ सुरक्षित राख्छ । यसको मतलब यो होइन कि यो ह्याक हुन सक्दैन् । वास्तवमा, इन्कग्निटो मोड तपाईंलाई ह्याकिङ वा मालवेयरबाट जोगाउने तरिकाले डिजाइन गरिएको हुँदैन् ।

यदि तपाईंको उपकरण ह्याकरको हातमा पर्यो भने, यो सम्भव छ कि तपाईंको सबै ब्राउजिङ इतिहास बाहिर हुन सक्छ । यो काम स्क्रिनसट लिएर, की स्ट्रोक लगइन वा मालवेयरको मद्दतले गर्न सकिन्छ । यसबाहेक, तपाइँको उपकरणको डिउनएसक्यास जाँच गरेर ब्राउजिङ इतिहास पनि हेर्न सकिन्छ ।