कीवर्डहरू -

स्मार्टफोनबाट राम्रो सेल्फी भिडियो कसरी रेकर्ड गर्ने ?

स्मार्टफोनबाट राम्रो सेल्फी भिडियो कसरी रेकर्ड गर्ने ?

पछिल्लो समय भिडियोको कन्जुमसन बढ्दो छ । त्यसैकारण धेरै व्यक्तिहरूले आफ्नै भिडियो वा भ्लग सिर्जना गरेर युट्युब तथा अरू प्लेटफर्ममा पोस्ट गर्ने गर्छन् ।

यस्तो अवस्थामा हामीले  राम्रो भिडियो बनाउन धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । कुन क्यामेरा प्रयोग गर्ने ? रेकर्ड कसरी गर्ने ? एडिटिङ कसरी गर्ने ? जस्ता प्रश्न तपाईको दिमागमा आउन सक्छन् । 

त्यसैले आज हामीले तपाईका लागि केही टिप्स ल्याएका छौं, जसको मद्दतले तपाईले आफ्नो फोनमा सजिलै उत्कृष्ट सेल्फी भिडियो बनाउन सक्नुहुन्छ । तपाईं आफ्नो आवश्यकता अनुसार यी भिडियोहरू जहाँ पनि पोस्ट गर्न सक्नुहुन्छ । 

प्रकाश

यदि तपाई भिडियो बनाउँदै हुनुहुन्छ भने, तपाईको वरिपरिको प्रकाश राम्रो छ भनेर विशेष ध्यान दिनुहोस् ताकि अनुहार स्पष्ट देखिन सकोस् । यदि प्रकाश कम छ भने, तपाईको भिडियोमा चमक हुनेछ र भिडियो स्पष्ट देखिने छैन् ।

क्यामेरा फेसिङको ख्याल गर्ने

जब तपाई भिडियो बनाउँदै हुनुहुन्छ, तब फोनको लेभल अनुसार आफ्नो अनुहार राख्नु भएको छ की छैन् ध्यान दिनुहोस् ।

यस बाहेक, आफ्नो आँखाको स्तर क्यामेराको स्तरमा राख्नुहोस्, न त धेरै माथि न त कम । यसका साथै भिडियो बनाउँदा सामान्य कुरा गरेर दर्शकसँग जोडिने प्रयास गर्नुहोस् । धेरै हिड्नु वा अनुहार बनाउनुले नकारात्मक असर गर्छ ।

ब्याकग्राउण्डको ख्याल राख्नुहोस्

यो एक महत्त्वपूर्ण पक्ष हो, जुन तपाईंले दिमागमा राख्नु पर्छ । श्रोताहरूको ध्यान तपाईंमा  केन्द्रित गर्न सधैं क्लियर ब्याकग्राउण्ड छान्नुहोस् । यदि पृष्ठभूमिमा धेरै व्यक्तिहरू छन् भने यसले दर्शकहरूलाई विचलित पार्न सक्छ ।

यस बाहेक ब्याकग्राउन्ड साउन्ड र नोइजको पनि ख्याल गर्नुहोस् । आवश्यक परेन भने कुनै पनि चर्को ब्याकग्राउन्ड साउन्डबाट टाढा रहनुहोस् । यसो गर्नाले तपाईले आफ्नो सन्देश आफ्ना अनुयायीहरूलाई सजिलै पठाउन सक्नुहुन्छ ।

कुन क्यामेरा सही हुन्छ ?

कम्पनीहरूले आफ्ना नयाँ फोनहरूमा राम्रो क्यामेरा उपलब्ध गराउदै आएका छन् । अहिले पनि कतिपय डिभाइसमा एआई क्यामेराको विकल्प छ, यस्तो अवस्थामा तपाईले राम्रो फोन किन्नु भयो भने त्यो तपाईको लागि उपयुक्त हुनेछ ।

यसबाहेक कुनै पनि फोनको रियर क्यामेरा अगाडिको क्यामेराभन्दा राम्रो हुन्छ । यस्तो अवस्थामा, तपाईं यसलाई प्रयोग गरेर सजिलै राम्रो गुणस्तर भिडियो बनाउन सक्नुहुन्छ ।

एडिटिङ

भिडियो बनाएपछि, यसलाई सही तरिकाले सम्पादन अर्थात एडिटिङ गर्न महत्त्वपूर्ण छ । यस्तो अवस्थामा, यदि तपाई कुनै पनि डिभाइस कसरी प्रयोग गर्ने थाहा छैन भने, त्यहाँ धेरै यस्ता एपहरू छन्, जसले तपाइँलाई फोनमा नै तपाइँको भिडियो सम्पादन गर्ने विकल्प दिन्छन् । तपाईं त्यस्ता एपहरू प्रयोग गरेर सम्पादन गर्न सक्नुहुन्छ ।