गत वर्ष गुगलले आफ्नो फाइल सेयरिङ फिचर ‘नियरबाई सेयर’ को नाम परिवर्तन गरी क्विक सेयर गरेको थियो । क्विक सेयर गुगलको एउटा फाइल सेयरिङ सिस्टम हो, जसको मद्दतले कुनै पनि प्रकारको फाइललाई दुई डिभाइस बीच वायरलेस रूपमा सेयर गर्न सक्नुहुन्छ ।
क्विक सेयर सबै तीनवटा डिभाइस विन्डोज, क्रोम ओएस र एन्ड्रोइडमा प्रयोग गर्न सकिन्छ । धेरै मानिसहरूक्विक सेयर बारे सचेत छैनन् । आज हामी तपाईलाई क्विक सेयरको प्रयोग र फाइदाहरू बारे जानकारी दिदैछौं ।
क्विक सेयर भनेको तस्बिर, भिडियो, कागजात वा अन्य फाइलहरू दुई डिभाइस बीच साझेदारी गर्ने तरिका हो । क्विक सेयर नियरबाई भन्दा छिटो छ । तपाईं आफ्नो विन्डोज सिस्टममा क्विक सेयर एप डाउनलोड र प्रयोग गर्न पनि सक्नुहुन्छ ।
फोनमा क्विक सेयर फेला पार्ने सबैभन्दा सजिलो तरिका भनेको माथिदेखि तलसम्म स्वाइप गरेर क्विक सेटिङमा जानु हो, जहाँ इन्टरनेट, वाइफाइ र फ्लाइट मोड जस्ता विकल्पहरू छन् । यसबाहेक, तपाइँ सेटिङ एपमा गएर क्विक सेयर खोज्न सक्नुहुन्छ ।
क्विक सेयरमार्फत कुनै पनि फाइल अर्को डिभाइसमा पठाउनका लागि तपाईंले पठाउन चाहेको फोटो,भिडियो वा फाइल चयन गर्नुहोस् ।
अब सेयर विकल्पमा क्लिक गर्नुहोस् । अब तपाईले ’क्विक सेयर’ देख्नुहुनेछ । यसमा क्लिक गर्नुहोस् । यसपछि, तपाईंले नजिकै रहेका ती सबै डिभाइसको सूची देख्नुहुनेछ जसमा क्विक सेयर सक्रिय छ ।
ती मध्ये, तपाईंले फाइल पठाउन चाहनुभएको डिभाइसको नाममा क्लिक गर्नुहोस् ।