कीवर्डहरू -

हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अबबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहकमाझ ल्याएको छ। मंसिर १४ गतेबाट सुरु हुने यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो । यो योजना नेपालभरि नै लागू हुने भएकोले आफ्नो नजिकैको हुन्डाईको शोरुममा जान सकिनेछ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो  गाडीको बजारको प्रचलित मूल्याङ्कन भन्दा न्युनतम ५० हजार रूपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रूपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने छन् । 

विभिन्न मोडलहरुको खरिदमा नगद ६ लाख रूपैयाँसम्मको आकर्षक छुट का साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ र  हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस एक्सचेन्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध रहेको बताइएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।