कीवर्डहरू -

टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा

टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।

गत २७ कार्तिकमा मन्त्रिपरिषद्ले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका छन् ।

अधिवक्ताहरु अन्नतराज लुईटेल, फसुराम पाण्डे, दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, डा. सुनिल रञ्जन सिंह, भद्रप्रसाद नेपाल, अन्जन धिताल, रामकृष्ण बन्जारा र यज्ञमणी न्यौपाने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्ष बनाई शुक्रबार रिट दायर गरेका थिए ।

टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।