काठमाडौको बालाजु नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले शैक्षिक सत्र २०८१ देखि रोबोटिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विद्यार्थीलाई सैद्धान्तिकसँगै प्राविधिक शिक्षामा जोड दिने उद्देश्यसहित बियोण्ड एपोजीसँगको सहकार्यमा रोबोटिक कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कक्षा ४ देखिका विद्यार्थीलाई रोबोटिक, कोडिङलगायतका व्यवहारिक ज्ञान प्रदान गरिने छ, जसअनुसार साताको एक दिन विद्यार्थीहरूलाई यसबारे सिप सिकाइनेछ ।