कीवर्डहरू -

सामाजिक सञ्जालमा कसैले रकम मागे यकीन गरेर मात्र कारोबार गर्नुः राष्ट्र बैंक

सामाजिक सञ्जालमा कसैले रकम मागे यकीन गरेर मात्र कारोबार गर्नुः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता माध्यमबाट कसैले रकम मागेमा प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारोबार गर्न अनुरोध गरेको छ । 

पछिल्लो समय वित्तीय संस्थाका उच्चपदस्थ व्यक्ति तथा संस्था प्रमुखहरूका नाम र तस्वीर दुरुपयोग गरी गरी सामाजिक सञ्जालमा अकाउन्ट बनाइ वा इमेल खोली ठगी गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले सजग रहन अनुरोध गरेको हो । 

‘विभिन्न निकायका उच्चपदस्थ व्यक्ति तथा संस्था प्रमुखहरूका नाम र तस्वीर दुरुपयोग गरी WhatsApp, Viber, Messenger आदिमा Account बनाई वा Email ID खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘आफ्ना चिनजानका व्यक्ति वा उच्चपदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकीन भएपछि मात्र वित्तीय कारोबार गर्ने बानी बसालौं । यस्ता ठगी गर्ने व्यक्तिको बहकाउ वा लोभलालच वा झुटो कुरामा विश्वास नगरौं ।’

डिजिटल वित्तीय कारोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारोबार राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ । 

null