कीवर्डहरू -

म्यासेन्जरमा अब एन्ड–टु–एन्ड इन्क्रिप्सन फिचर

म्यासेन्जरमा अब एन्ड–टु–एन्ड इन्क्रिप्सन फिचर

मेटाले आफ्नो इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म मेसेन्जरमा प्रयोगकर्ताहरूका लागि नयाँ सुरक्षा अपडेट फिचर ल्याएको छ । मेटाले मेसेन्जर र फेसबुकमा व्यक्तिगत मेसेज र कलहरूको लागि एन्ड–टु–एन्ड ईन्क्रिप्शन फिचर सार्वजनिक गरेको हो ।

यो फिचरले प्रयोगकर्ताको म्यासेजको सुरक्षा गर्नुका साथै यसलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ । धेरै वर्षको प्रयास र परीक्षणपछि कम्पनीले यो सुरक्षा फिचर मेटाले यो फिचर ल्याएको हो ।

नयाँ अपडेटको साथ मेटाले मेसेन्जरमा निजी कुराकानी र कलहरू एन्ड–टु–एन्ड इन्क्रिप्टेड फिचर रोल आउट गरिरहेको छ । मेटाले सन् २०१६ देखि एन्ड–टु–एन्ड इन्क्रिप्सनमा काम गरिरहेको थियो ।