कीवर्डहरू -

नेपालका लागि इन्ड्राइभ कम्फर्ट फिचर सार्वजनिक, यात्रुले प्रिमियम सवारीको अनुभव लिन सक्ने (भिडियो)

नेपालका लागि इन्ड्राइभ कम्फर्ट फिचर सार्वजनिक, यात्रुले प्रिमियम सवारीको अनुभव लिन सक्ने (भिडियो)

इनड्राइभ, एक विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्मले यात्रुलाई अझै आरामदायक र उच्च गुणस्तरको विकल्प प्रदान गर्न नयाँ ’इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ । यो नयाँ फिचरले यात्राको अनुभवलाई सधैं उत्कृष्ट बनाउन र यात्रुको आवश्यकतालाई सम्बोधन गर्ने इनड्राइभको प्रतिबद्धताको एक प्रतीक हो ।

इनड्राइभ कम्फर्ट उत्कृष्ट सेवा प्रदान गर्न डिजाइन गरिएको हो जसमा उच्च स्तरीय सुविधासहितका सवारी साधनहरू छन् । यो सुविधा उनीहरूका लागि उपयुक्त छ जो आराम, स्पेस र सुविधासहित यात्रा गर्न चाहन्छन् । अब नेपालका यात्रुहरूले इनड्राइभ कम्फर्ट सवारी रोजेर थप आरामदायक र सुविधाजनक यात्राको मजा लिन सक्नेछन् ।

इनड्राइभका दक्षिण एशिया वरिष्ठ मार्केटिङ प्रबन्धक, अविक कर्मकारले भने, “इनड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकता सम्बोधन गर्ने सवारी विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौं, चाहे त्यो किफायतीपन होस्, सुविधाजनक पहुँच होस्, वा थप आराम । इनड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो र आरामदायक सवारीको अनुभव प्राप्त गर्नेछन्, साथै हाम्रा चालक साझेदारहरूले उच्चस्तरीय सेवा प्रदान गर्न थप अवसर पाउनेछन् ।”

इनड्राइभ कम्फर्ट अन्तर्गतका सवारी साधनहरू उत्कृष्ट छन्, जसमा वातानुकूलन सुविधा छ, ताकि काठमाडौंको व्यस्त यातायात र मौसममा पनि यात्रुहरूले आरामदायक यात्रा अनुभव गर्न सकून् । इनड्राइभ कम्फर्ट अन्र्तगतका सवारी उच्च गुणस्तरीय छन्, जसले यात्रुलाई सफा, सुगम र रमाइलो यात्रा अनुभव गराउँछ । 

इनड्राइभ कम्फर्ट सवारीहरूमा सिडान वर्गका सवारी साधनहरू छन् जसले यात्रुहरूलाई थप ठाउँ र आराम प्रदान गर्छ । एकल वा साथीहरूसँग यात्रा गरिरहेकाहरूका लागि पर्याप्त ठाउँ हुने हुँदा इनड्राइभ कम्फर्ट उत्कृष्ट विकल्प हो ।

कम्पनीका अनुसार इनड्राइभले न्यायसंगत र पारदर्शी मूल्यलाई प्राथमिकता दिइरहेको छ, र इनड्राइभ कम्फर्ट यसको अपवाद होइन । यात्रुहरूले अब थप फराकिलो स्थान, उच्च गुणस्तरीय सवारी र अतिरिक्त सुविधाहरूको साथ प्रिमियम यात्रा अनुभव किफायती मूल्यमा लिन सक्नेछन् ।

इनड्राइभ कम्फर्ट फिचर विशेष गरी ती व्यक्तिहरूका लागि हो, जसले आरामदायक र तनावमुक्त यात्रा चाहन्छन् । थप ठाउँ, सुगम यात्रा अनुभव, र उच्च–रेटेड चालकहरूको साथ यात्रुहरूले समयमै गन्तव्यमा पुग्न सक्नेछन् ।

इनड्राइभ कम्फर्टको परिचयले यात्रुहरूको लागि थप विकल्प उपलब्ध गराउँछ, जसले उनीहरूलाई आवश्यकताअनुसार साधारण सवारी र प्रिमियम इनड्राइभ कम्फर्ट अनुभव रोज्न अनुमति दिन्छ।  यो सुविधा उच्च रेटिङ भएका र प्रिमियम सवारी साधन भएका चालकहरूका लागि पनि फाइदाजनक छ, जसले इनड्राइभ कम्फर्ट सवारीबाट थप आम्दानी गर्न सक्नेछन् ।

इनड्राइभका एशिया प्यासिफिक कम्युनिकेसन लिड, पवित नन्दा आनन्दले थप्दै भनिन् “हामीले चालक र यात्रु दुवैलाई आफ्नो यात्रा चयन गर्ने स्वतन्त्रता दिएको छौं । तपाईंले १० मिनेट कुर्न तयार हुनुहुन्छ भने विद्युतीय सवारी रोज्न सक्नुहुन्छ, र अरु साधारण सवारी मात्र २ मिनेटमा आइपुग्छ । मूल्यमा कुनै वृद्धि हुँदैन् । हाम्रो पारदर्शी मोडलले प्रयोगकर्ताहरूलाई यात्रा सर्तहरू निर्धारण गर्ने अधिकार दिन्छ ।”