कीवर्डहरू -

इन्ड्राइभले अब राइडरबाट १० प्रतिशत कमिसन लिने, डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

इन्ड्राइभले अब राइडरबाट १० प्रतिशत कमिसन लिने, डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको सुरूवात गरेको छ । नेपालमा आधिकारिक रूपमा दर्ता भएसँगै इन्ड्राइभले औपचारिक रूपमा सेवा सुरू गरेको हो । 

योसँगै अब इन्ड्राइभले राइडरबाट १० प्रतिशत कमिसन शुल्क लिने जनाएको छ । १० दश प्रतिशतमा भ्याट, कर लगायत सबै कुरा समावेश हुनेछ । यस बाहेक अरू कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन् । 

काठमाडौं, पोखरा र भरतपुरमा उपलब्ध रहेको इन्ड्राइभले देशका अन्य शहरमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । यसका लागि अहिले बजार अध्ययन गरिरहेको छ । पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै कम्पनीको दावी छ । 

एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने सुविधा एपमा रहेको छ । इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हाम उत्साहित भएको बताइन ।

‘हाम्रा लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ,’ उनले भनिन, ‘नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात भएको बताइन ।

कार्यक्रममा बोल्दै आईएमई पेका सीईओ प्रविण रेग्मीले आईएमईसँगको साझेदारीले चालक, यात्रु दुवैलाई नेक्स्ट लेभलमा लैजान सहयोग पुग्ने अपेक्षा गरिएको बताए । 

अब इन्ड्राइभबाट यात्रा गर्दा आईएमई पेबाट समेत शुल्क भुक्तानी गर्न सकिने छ । यसका लागि इन्ड्राइभले आईएमई पेसँग साझेदारी गरेको छ ।