कीवर्डहरू -

नेपाली बजारमा इन्फिनिक्सका तीन स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा इन्फिनिक्सका तीन स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा इन्फिनिक्सले स्मार्ट ८ सिरिज अन्तर्गतका तीन स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नेपालमा स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो भेरियन्ट सार्वजनिक गरेको हो ।  

उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । 

स्मार्ट ८

इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६.५६ इन्च एचडी डिस्प्लेको साथमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । 

पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यसमा स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ ।

यो फोन २ वटा स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको यस फोनको मूल्य ११ हजार ४९९ रूपैयाँ तथा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको स्मार्ट ८ फोनको मूल्य १२ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

यो स्मार्टफोन आकर्षक रंग टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोलमा देशभर उपलब्ध रहेको छ ।

स्मार्ट ८ प्लस

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । 

६.५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता रहेको छ । यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्लस ४ जीबी र्‍याम र ६४ जीबी रोम रहेको छ । फोनमा मिडिया टेकको हेलियो जी ३६ प्रोसेसर राखिएको छ ।

यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् । नेपाली बजारमा यसको मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । 

स्मार्ट ८ प्रो​​​​​​​

इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । 

प्रिमियम डिजाइन सहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रोमा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । 

उत्कृष्ट पर्फमेन्शका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिंग सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ ।

स्मार्ट ८ प्रो ४ जीबी र्‍याम र ६४ जीबी रोम तथा ४ जीबी र्‍याम र १२८ जीबी रोमको मूल्य क्रमशः १२ हजार ९९९ र १३ हजार ४९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।