कीवर्डहरू -

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०२४ आयोजना हुने भएको हो । 

पब्लिक डेटाको प्रयोग गरेर अहिलेको समयमा देखिएको समस्यालाई समाधान गर्ने स्पाइरथनकाे उद्देश्य भएको कम्पनीले जनाएको छ । 

स्पाइरथन २०२४ आवेदन केही दिनमा खुला हुनेछ । आवेदन आगामी मार्च १५ सम्म दिन सकिने छ । यसमा एउटा टिम बनाएर आवेदन दिन सकिने छ । टिममा बढीमा तीन जनासम्म राख्न सकिने छ । यसको पुरस्कारको राशी ७५ हजार रूपैयाँ रहेको छ । 

एक दिनसम्म हुने स्पाइरथन कार्यक्रम पब्लिक डेटाको प्रयोग गरेर विश्वको रहेको विद्यमान समस्यालाई समाधान गर्ने इन्नोभेसन केन्द्रित हुनेछ । त्यसका लागि आफ्नो गर्न चाहेको इन्नोभेसनको आईडिया समेत आवेदन दिदा पठाउनु पर्नेछ । यदी तपाई पनि आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ ।

फिनालेको मिति केही दिनपछि घोषणा हुनेछ । सन् २०१७ मा ‘कोड फर सोसाइटी नासासहित’ स्पाइरथन कार्यक्रम सुरू भएको थियो । सो वर्ष मेरो साथी एप विजेता भएको थियो । 

त्यस्तै सन् २०१९ मा टिम नाइट आउल, सन् २०२० मा टिम एफ सोसाइटी विजेता भएका थिए ।  

सन् २००२ मा अमेरिकामा  र सन् २००९ मा नेपालमा स्थापना भएको स्पाइरलोजिक्स सूचना प्रविधिको सेवा प्रदान गर्ने कम्पनी हो । यस बाहेक सूचना प्रविधिमा केही गर्न चाहने युवाहरूका लागि समेत स्पाइरथन कार्यक्रम गर्दै आएको छ ।