कीवर्डहरू -

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउँदै, चाहेको व्यक्तिका लागि छुट्टै कन्टेन्ट हाल्न सकिने

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउँदै, चाहेको व्यक्तिका लागि छुट्टै कन्टेन्ट हाल्न सकिने

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउने भएको छ । फ्लिपसाइड सुविधाले छनौट गरिएका फ्लोअरहरूका लागि छुट्टै प्रोफाइल बनाउन अनुमति दिनेछ ।

यसले तपाईलाई एक विशेष फोटो ग्रिड सिर्जना गर्न अनुमति दिनेछ, जुन छनौट गरेको व्यक्तिहरूले मात्र हेर्न सक्ने छन् । 

इन्स्टाग्रामको यो नयाँ फिचरको भिडियो सामाजिक सञ्जाल कन्सल्टेन्ट म्याट नवाराले थ्रेडमा सेयर गरेका छन् । यो अरुले हेर्ने फिडभन्दा फरक फिड हुनेछ ।

फ्लिपसाइड सुविधामार्फत पोस्ट र रिलहरू सेयर गर्न सकिने छ, फ्लिपसाइडमा मात्र देखिनेछ ।  फ्लिपसाइड वैकल्पिक इन्स्टाग्राम प्रोफाइल जस्तै हो तर अकाउन्ट भित्र हुन्छ ।

यदि तपाईंलाई कसैको फ्लिपसाइडमा एड गरिएको छ भने, पोस्टको शीर्ष–दायाँ कुनामा एउटा की आइकन देखिने छ । कसैको फ्लिपसाइड हेर्न चाहे प्रोफाइलमा तल स्वाइप गर्नुपर्छ ।

यो सुविधा इन्स्टाग्रामको क्लोज फ्रेन्ड्स जस्तै हो । तर फ्लिपसाइडमा एउटा छुट्टै प्रोफाइल सिर्जना गर्न सकिन्छ ।

इन्स्टाग्राममा धेरै प्रख्यात व्यक्ति प्रायः आफ्नो व्यक्तिगत चीज छुट्टै, गोप्य अकाउन्टमा पोस्ट गर्छन् । त्यस्ता व्यक्तिहरूका लागि फ्लिपसाइड फिचर उपयोगी हुनेछ ।