कीवर्डहरू -

‘फ्रेन्ड म्याप’ फिचरमा काम गर्दै इन्स्टाग्राम

‘फ्रेन्ड म्याप’ फिचरमा काम गर्दै इन्स्टाग्राम

लोकप्रिय फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘फ्रेन्ड म्याप’ नामक नयाँ फिचरमा काम गरिरहेको बताइएको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्ना इन्स्टाग्राम साथीहरू कहाँ छन् भनेर हेर्न मद्दत गर्नेछ ।

इन्स्टाग्राम प्रयोगकर्ताहरूले म्यापमा कुन साथीहरू देख्छन् भनेर छनोट गर्न सक्षम हुनेछन् । यदी स्थान लुकाउन चाहँदा घोस्ट मोड अन गर्न सकिने छ । तर एपमा रहेको लोकेसन एन्ड–टु–इन्ड इन्क्रिप्टेड हुनेछ ।

इन्स्टाग्राममा आउने नयाँ फ्रेन्ड म्याप सुविधा पहिले नै उपलब्ध रहेको स्नापच्याटको स्नाप म्यापसँग मिल्दोजुल्दो हुनेछ । यस्ता सुविधाहरू एन्ड्रोइड र आईफोन दुवैमा छ । यो फिचरले प्रयोगकर्ताहरूलाई  म्यापमा नोट लेख्न अनुमति दिनेछ ।