कीवर्डहरू -

इनड्राइभद्वारा अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान

इनड्राइभद्वारा अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान

इनड्राइभले महिला टेक संस्थापकहरुलाई लक्षित गर्दै सुरू गरिएको अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान गरेको छ । टेक स्टार्टअपमा सहभागी महिला संस्थापकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले राइड शेयरिङ प्लेटफर्म इनड्राइभले हरेक वर्ष अरोरा र अन्डरडग टेक अवार्ड आयोजना गर्दै आएको हो ।

प्रत्येक सहभागीले आफ्नो आवेदनमा भेन्चर क्यापिटल विश्लेषकहरूबाट थप प्रतिक्रिया समेत पाउनेछन् । यसैगरी फाइनलमा पुगेका सहभागीहरूले इनड्राइभको सि सुट लिडर्स र उद्योग गुरुहरूको विशेष मेन्टरशिप कार्यक्रममा सहभागी हुने अवसरसमेत प्राप्त गर्नेछन् ।

शीर्ष स्थानमा आउने टेक संस्थापकलाई अवार्डले ३० हजार डलर नगद पुरस्कारको व्यवस्था गरेको छ । यसैगरी दोस्रो स्थानमा आउनेले २० हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन् र तेस्रो स्थानमा आउनेले १० हजार डलर नगद पुरस्कार पाउनेछन् ।  यी अवार्डका लागि निवेदन डिसेम्बर १ मा बन्द हुनेछ ।

यस अवार्डले विश्वभरिको महिला उद्यमीहरुलाई एक अर्कासँग कनेक्ट हुने मौका समेत प्रदान गर्ने आयोजकको विश्वास छ । यस अवार्डमा सहभागी हुनका स्टार्टअप महिलाले नै संस्थापन गरेर चलाएको हुनुपर्छ । कम्पनीले बजारमा ल्याउन चाहेको उत्पादनको सबैभन्दा आधारभूत संस्करण उपलब्ध हुनुपर्छ ।

यसैगरी तपाईको स्टार्टअप पाँच वर्ष भन्दा पुरानो हुनुहुँदैन् । यसैगरी स्टार्टअपमा सिड राउण्ड समावेश गरेर ४ मिलियन डलर भन्दा बढिको फण्डिंग पनि गरिएको हुनुहुँदैन्।यस अवार्डमा ५ सेप्टेम्बर देखि आवेदन खुला भएको छ । यदी तपाई पनि यस अवार्डमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । नेपालका लागि अवार्डको कम्प्युनिटी पार्टनरमा लिभिङ विथ आइसिटी रहेको छ ।