कीवर्डहरू -

ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय स्तरको ‘एड टेक अवार्ड’

ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय स्तरको ‘एड टेक अवार्ड’

आइटी तालिम प्रदान गर्दै आएको कम्पनी ब्रोडवे इन्फोसिसले एसोसिओ एड टेक अवार्ड छ पाउन सफल भएको छ  । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले मङ्गलवार,१४ नोवेम्बर २०२३ दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई  उक्त अवार्ड प्रदान गरेको हो ।

बोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरि अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गरेका थिए । आइटी प्रशिक्षण मार्फत शिक्षा तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइ देशको डिजिटल रूपान्तरणमा योगदान पु¥याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको हो । 

सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिसले आईटीका विभिन्न तालिमका साथै जब प्लेसमेन्टको समेत सुविधा दिदै आएको छ ।

एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घसंस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ ।