एप्पलले डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने नयाँ अपडेट जारी गरेको छ । एप्पलको पछिल्लो आईओएस १७.५ अपडेटमा प्रयोगकर्ताहरूले समस्याको सामना गर्नुपरेको थियो ।
यस अपडेटमा बगको कारण, डिलिट गरिएका तस्बिरहरू मानिसहरूका ग्यालरीमा फेरि देखिन थालेका थिए । यो समस्या समाधान गर्न कम्पनीले अब आईओएस १७.५.१ अपडेट ल्याएको हो ।
आईओएस १७.५ र आईप्याडओएस १७.५ इन्स्टल गरेपछि, वर्षौं अघि डिलिट गरेको फोटोहरू देखिरहेका र भण्डारणको समेत समस्या भएको प्रयोगकर्ताले बताएका थिए ।
यसैका लागि नयाँ अपडेट जारी गरिएको हो । एप्पलले यस अपडेटको रिलीजसँगै यो अपडेटले आवश्यक बग फिक्सहरू प्रदान गर्ने र दुर्लभ समस्या समाधान गर्ने बताएको छ ।
अपडेट इन्स्टल गर्न सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङ् विकल्पमा जानुहोस् । यस पछि जेनेरल विकल्पमा ट्याप गर्नुहोस् ।
अब सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् । यदि तपाईको आईफोन वा आईप्याडमा अपडेट उपलब्ध भएको जानकारी देख्नुहुनेढ । त्यसपछि डाउनलोड र इन्स्टल गर्न अपडेटमा ट्याप गर्नुहोस् ।