कीवर्डहरू -

आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त

आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त भएकी छन् ।  

नेपालको सूचना प्रविधि क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएकी उपाध्याय नयाँ दिल्लीमा रहेको आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएकी हुन् ।

आईटीयूको एशिया एण्ड प्यासिफिक क्षेत्रीय कार्यालयले बधाई दिदै इन्नोभेसन सेन्टरमा उपाध्यायको महत्त्वपूर्ण योगदान हुने जानकारी दिएको छ । 

कम्प्युटर इन्जिनियरिङमा विद्यावारिधि गरेकी उनको सूचना प्रविधि क्षेत्रमा २७ वर्ष बढीको लामो अनुभव छ । एआई, साइबर सुरक्षा, स्वास्थ्य प्रविधिमा उपाध्यायको विशेष दख्खल रहेको छ । 
 

यो पनि पढ्नुहोस