कीवर्डहरू -

भारतीय वेरेबल ब्राण्ड बोल्टका लागि नेपालको आधिकारिक वितरकमा जगदम्बा मोबाइल्स नियुक्त

भारतीय वेरेबल ब्राण्ड बोल्टका लागि नेपालको आधिकारिक वितरकमा जगदम्बा मोबाइल्स नियुक्त

शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालि, भारतीय वेरेबल ब्राण्ड बोल्टको नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको छ । 

यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ । यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरू बजारमा उपलब्ध रहेका छन् ।

बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरू उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरू उपलब्ध रहेका छन् ।

यी सबै मोडलहरू दराज लगायत जगदम्बा मोबाइल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध भएका छन् । २०१७ मा वरुण गुप्ता र तरुण गुप्ताद्वारा सह–स्थापना गरिएको बोल्ट पछिल्लो आइडिसि प्रतिवेदन अनुसार भारतमा २०२३ मा सबैभन्दा छिटो वृद्धि भइरहेको वेरेबल ब्राण्ड हो ।