कीवर्डहरू -

बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेजमा केइसी लाइट २०२४ आयोजना हुँदै

बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेजमा केइसी लाइट २०२४ आयोजना हुँदै

फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना हुने भएको छ । बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेज इन्टर कलेज प्रविधि प्रदर्शनी हुने भएको हो ।

केइसी लाइट २०२४ मा रोबो सकर, रोबो सुमो, रोबो रेस, लाइन फलोइङ रोबोट, प्राविधिक क्विज, इस्पोर्ट्स, शेक टेबल, सर्भे कम्पिटिसन, र आक्रमण र रक्षा जस्ता विभिन्न प्रतियोगिताहरू हुनेछन् । 
कान्तिपुर इन्जिनियरिङ कलेजलेह्याकाथन ह्याक अ लाइट प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट १२ टिम सहभागी भएका थिए ।

यस बाहेक प्रदर्शनीमा रोबोटिक्स, कम्प्युटर र सिभिल इन्जिनियरिङका परियोजनाहरूका साथै प्लस टु विद्यार्थीका परियोजनाहरू पनि राखिनेछन् ।

प्रदर्शनीको अतिरिक्त, करियर कनेक्ट एक्सपो पनि हुँदैछ, जहाँ रोजगार खोज्नेहरूले एक्सपोमा सीधा आफ्नो सिभी पेश गर्न सक्नेछन् । यसले व्यक्तिहरूलाई सम्भावित रोजगारदाताहरूसँग जोड्न र विभिन्न क्यारियर अवसरहरू अन्वेषण गर्नका लागि उत्तम प्लेटफर्म प्रदान गर्दछ ।

कान्तिपुर इन्जिनियरिङ कलेजले केइसी लाइट २०२४ को प्रि इभेन्टको रूपमा २ दिने ह्याक अ लाइट समेत सम्पन्न गरेको छ । यसमा १२ टिम सहभागी भएका थिए । 

केइसी लाइट २०२४ मा ह्याकाथनका विजेताहरूको घोषणा समेत गरिने छ । विजेतालाई पुरस्कारको राशि २ लाख ५० हजार बढी रहेको छ ।