कीवर्डहरू -

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो क्यूआर भुक्तानी सेवामा अन्तर्राष्ट्रिय विस्तार गर्दै नयाँ सुविधा सुरु गरेको छ । अब बैंकको फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे इन्टरनेशनलका वालेट प्रयोगकर्ताले नेपालभित्रै क्यूआर कोड स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।

फोनपे सञ्जालमार्फत सञ्चालनमा आएको यो सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा लागू गरिएको हो । यससँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले देशभर रहेका महालक्ष्मी विकास बैंकसँग आबद्ध मर्चेन्टहरूमा नगदरहित भुक्तानी गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

बैंकका अनुसार विशेष गरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूका लागि यो सेवा निकै उपयोगी हुने अपेक्षा गरिएको छ । यसले यात्राका क्रममा नगद बोक्नुपर्ने झन्झट कम गर्दै भुक्तानीलाई सहज बनाउनेछ ।

सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका प्रमुख भुक्तानी सेवा प्रदायकमध्ये एक हो, जसले १८० भन्दा बढी देश तथा क्षेत्रमा सेवा विस्तार गरिसकेको छ । यो सेवासँगै नेपालमा क्यूआर आधारित भुक्तानी प्रणाली अझ सुदृढ हुने र डिजिटल कारोबारलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

साथै, डिजिटल नवप्रवर्तनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउने दिशामा बैंक प्रतिबद्ध रहेको जनाएको छ । यसैबीच, बैंकले २०८३ साललाई डिजिटल प्रवर्द्धन वर्षका रूपमा मनाउने योजना अन्तर्गत ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत विशेष योजना पनि सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत वैशाख महिनाको पहिलो साताभित्र मोबाइल बैंकिङमार्फत कम्तीमा एक सफल कारोबार गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाद्वारा तीन जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गरिने जनाएको छ ।