कीवर्डहरू -

आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा हाई ईण्ड फोनका नेटवर्क लक हुने

आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा हाई ईण्ड फोनका नेटवर्क लक हुने

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ । 

प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका हाई-ईण्ड तथा महंगा केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान प्राधिकरणले गरेको छ ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न र त्यसपछि दर्ता नभएका फोन नचल्ने बताएको थियो । 

प्राधिकरणले आफ्नो मोबाइल फोन एमडीएमएस प्रणालीमा दर्ता भएको छ वा छैन हेर्न सकिने जनाएको छ । एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर मोबाइल फोन दर्ता भए नभएको हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आईएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

ह्यानडसेट नयाँ छ भने त्यसको आईएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ।