कीवर्डहरू -

कानुनी क्षेत्रको डिजिटलाइजेशन गर्न मेरोअड्डा र कोडर्याम्प नेपालबीच सहकार्य

कानुनी क्षेत्रको डिजिटलाइजेशन गर्न मेरोअड्डा र कोडर्याम्प नेपालबीच सहकार्य

प्रविधिमार्फत कानूनी सेवा प्रदान गर्दै आएको कम्पनी मेरोअड्डा र प्रविधि कम्पनी कोडर्याम्प नेपालबीच रणनीतिक सहकार्य गर्ने सम्झौता भएको छ ।  

यस साझेदारीले निकट भविष्यमा कानुनी प्रविधि उत्पादनहरूको सुइट सुरू सहयोग गर्ने दुवै कम्पनीको अपेक्षा रहेको छ । 

सहर्कायपछि भविष्यमा कानुनी फर्म, वकिल, निगम र आम जनताको माग सम्बोधन गर्न कानुनी क्षेत्रको डिजिटलाइजेशनका लागि विभिन्न प्रडक्ट ल्याउने जनाइएको छ । 

मेरोअड्डाका सह–संस्थापक तथा सीईओ आलोक सुवेदीले कोडर्याम्पसँगको साझेदारीले प्रडक्ट विकासलाई गति दिन र विश्व–स्तरीय लिगल टेक समाधान ल्याउन सघाउने बताए ।

यस्तै कोडर्याम्पका संस्थापक तथा सीईओ लिजान प्रधानाङले यो सहकार्यसँगै कानुनी समुदायलाई मात्र नभई नेपालको समग्र प्राविधिक विकासमा पनि योगदान पुर्‍याउने प्रडक्टहरू ल्याउने बताए ।