कीवर्डहरू -

मेटाले इन्स्टाग्राममा सार्वजनिक गर्याे केही नयाँ फिचर

मेटाले इन्स्टाग्राममा सार्वजनिक गर्याे केही नयाँ फिचर

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको च्याटिङ अनुभवमा सुधार गर्दै डाइरेक्ट मेसेजका लागि केही नयाँ सुविधाहरू ल्याएको छ । इन्स्टाग्रामको नयाँ फिचरमा म्यासेज सम्पादन, च्याट, पिनिङ, रिड रिसिप्ट कन्ट्रोल जस्ता सुविधाहरू ल्याइएका छन् ।

प्रयोगकर्ताहरूले अब मेसेज पठाएको १५ मिनेट भित्र कुनै पनि गल्ती सम्पादन गर्न सक्छन् । यसका लागि, तपाईंले पठाइएको सन्देश क्लिक गर्नुपर्छ । एउटा मेनु देखा पर्नेछ र तपाईंले एडिटमा क्लिक गर्नुपर्नेछ ।

पिन मेसेज

छिट्टै, इन्स्टाग्राममा तीन ओटा ग्रुप र १ः१ च्याट पिन गर्ने सुविधा उपलब्ध हुनेछ । कुनै पनि च्याट आवश्यकता अनुसार पिन गर्न सकिन्छ । यसका लागि तपाईले च्याटलाई ट्याप गरेर होल्ड गर्नुपर्नेछ र पिन विकल्पमा ट्याप गर्नुपर्नेछ ।

च्याटमा थिम

इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो मुड अनुसार च्याटको थिम चयन गर्न सक्नेछन् । कम्पनीले च्उाटका लागि केही नयाँ थिमहरू प्रस्तुत गरेको छ । थिम परिवर्तन गर्न, च्याट नाममा क्लिक गरेपछि, तपाइँ थीमहरूमा जानुपर्छ, जहाँ इच्छित थिम चयन गर्न सकिन्छ ।

मनपर्ने स्टिकर

इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो मनपर्ने स्टिकरहरू डिएममा सेभ गर्न सक्छन् । यदि तपाईंलाई कुनै नयाँ स्टिकर मनपर्छ भने, तपाईंले यसलाई थिच्नु पर्छ र होल्ड गर्नुपर्नेछ, त्यसपछि यो स्टिकरहरूमा बचत हुनेछ । अर्को पटक यो स्टिकरहरूको शीर्षमा देखिनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले मेसेजको जवाफ दिंदा स्टिकर, जीआइएफ, भिडियो, फोटो र भ्वाइस मेसेज प्रयोग गर्न सक्षम हुनेछन् ।