कीवर्डहरू -

तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन थाहा पाउने संकेत

तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन थाहा पाउने संकेत

स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं । 

फोनबाटै विभिन्न काम पनि गरिरहेका हुन्छौं । फोनको बढ्दो प्रयोगसँगै इन्टरनेटको युगमा फोन ह्याकिङका घटना समेत बढेका छन् । हरेक क्षेत्रमा प्रविधिको प्रवेश भएका कारण फोन ह्याक गर्न सजिलो भएको छ ।

यस्तो अवस्थामा तपाईको फोन ह्याक भएको कसरी थाहा पाउने ? आज हामी तपाईलाई केहि संकेतहरू बताउँदै छौं, जसबाट आफ्नो फोन ह्याक भएको छ वा छैन् पत्ता लगाउन सघाउने छ । 

ब्याट्री लाइफ

यदि तपाईको फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुँदैछ भने तपाईको फोन ह्याक भएको हुनसक्छ । किनकि कहिलेकाहीँ ब्याकग्राउन्डमा चल्ने जासुसी एप्सका कारण फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुन्छ । यस्तो अवस्थामा फोनको ब्याट्रीमा ध्यान दिनु आवश्यक हुन्छ ।
 
फोनमा अनावश्यक एप

तपाईले आफ्नो फोनमा इन्स्टल भएको एपको विवरण राख्नु पर्छ ताकि अनुमति बिना तपाईको फोनमा कुनै एप इन्स्टल नहोस् । यदि यस्तो भयो भने, यसले फोन ह्याक गर्न सक्छ । यी अज्ञात एपहरूमा लुकेको जासुसी सफ्टवेयर हुन सक्छ ।

डिभाइस ओभरहिट हुनु

यसका लागि जीपीएस प्रणाली प्रयोग गरी जासुसी एपहरूले सामान्यतया डिभाइसको लोकेसन वास्तविक समयमा ट्र्याक गर्छन् । यस्तो अवस्थामा तपाईको फोनको हार्डवेयरमा अत्याधिक दबाब हुन्छ । जसका कारण अत्यधिक तातो हुने समस्या हुन्छ ।

डाटा खपतमा वृद्धि

यदि तपाईको फोन ट्र्याक गरिएको छ भने, डाटा खपत अचानक बढ्छ । यस्तो अवस्थामा अचानक डाटा खपत बढ्दै गएमा सतर्क रहनुपर्छ ।

उपकरण खराबी

जब फोन ह्याक हुन्छ, तब स्क्रिन फ्ल्यासिङ, स्वचालित फोन सेटिङ परिवर्तन, वा फोन काम नगर्ने जस्ता उपकरण खराबी जस्ता घटनाहरू देख्न सकिन्छ ।

कल गर्दा ब्याकग्राउन्ड आवाज

केही जासुसी एपहरूले फोन कल रेकर्ड गर्छन् । यस्तो अवस्थामा फोन कल गर्दा कुनै पनि ब्याकग्राउन्ड आवाज सुन्दा सतर्क रहनुपर्छ, किनभने यो ह्याकिङको संकेत हुनसक्छ ।

अनावश्यक ब्राउजिङ हिस्ट्री

जासूस एप्स ट्र्याकिङ वा डाउनलोड गर्न लिङ्क गरिएका वेबसाइटहरू पत्ता लगाउन आफ्नो उपकरणको ब्राउजिङ इतिहास निगरानी गर्नुहोस् । त्यसबाट कतै अनावश्यक रूपमा ब्राउजिङ त भइरहेको छैन्, थाहा पाउन सकिने छ ।