सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन दिएकी छन् ।
भूकम्पका कारण भएको क्षतिको तत्काल अध्ययन गरी सेवा सुचारु गर्न नेपाल टेलिकमलाई शर्माले निर्देशन दिएकी हुन् ।
यसका लागि टेलिकम तयारी बैठकमा जुटेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति ६.४ रेक्टर स्केलको भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।