कीवर्डहरू -

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।

के तपाईले एउटै फोनको मूल्य ६ अर्ब रुपैयाँ सुन्नु भएको छ ? पक्कै पनि छैन् होला । ६ अर्ब मूल्यको एउटै फोनभन्दा सुरूमा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो ।

महंगो फोनहरूमा विभिन्न किसिममा महंगो धातुहरू प्रयोग गरिएको हुन्छ, जसले फोनलाई महंगो बनाउँछ । आज हामी तपाईलाई यस्ता १० फोनको बारेमा जानकारी दिदैछौं, जसको मूल्य सुनेर तपाई पनि चकित पर्नुहुनेछ । 


फाल्कन सुपरसोना आईफोन ६ फिकं डाइमण्ड 

विश्वको सबैभन्दा महँगो मोबाइल फोनको पहिलो नम्बरमा फाल्कन सुपरसोना आईफोन ६ फिकं डाइमण्ड रहेको छ । यसको मूल्य ४८.५ अमेरिकी डलर अर्थात् ६ अर्ब ४७ करोड २६ लाख ५४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

सन् २००४ मा आएको आइफोन सिक्सको कस्टमाइज्ड मोडलको रुपमा रहेको फाल्कन सुपरनोभा फोनलाई २४ क्यारेट सुनले छोपिएको छ र पछाडिको भागमा एउटा ठूलो टुक्रा गुलाबी हिरा राखिएको छ । साथै यो आइफोनमा प्लाटिनम लेपन गरिएको छ र ह्याक प्रुफ टेक्नोलोजी रहेको छ, जसका कारण यो आइफोनलाई कसैले पनि ह्याक गर्न सक्दैन । 

Photo Credit: Mass Media NG

स्टुअर्ट ह्युज आईफोन फोरएस एलिट गोल्ड 

विश्वको दोश्रो सबैभन्दा महंगो स्मार्टफोनको रुपमा रहेको आइफोन फोर एस को यस कस्टमाइज्ड फोन को मूल्य ९.४ मिलयन अमेरिकी डलर ( १ अर्ब २५ करोड ४४ लाख ९३ हजार ९२० रुपैयाँ) रहेको छ । स्टुआर्ट ह्युज कम्पनीको तयार पारेको आइफोनको यो मोडेल हातबाट बनाइएको हो ।

यसमा पाँचवटा १०० क्यारेटभन्दा बढीका हिराका टुक्रा जडित गरिएको छ । फोनको पछाडिको भाग तथा लोगो चाहिँ २४ क्यारेट सुनले बनाइएको छ । एप्पलको लोगोमा ५३ वटा हिराको टुक्रा समेत छन् भने होम बटनमा ८.६ क्यारेटको सिंगल कट हिरा राखिएको छ ।

Photo Credit: Stuart Hughes

स्टुअर्ट ह्युज आईफोन ४ डायमंड रोज 

तेस्रो सबैभन्दा महँगो फोन आईफोन ४ डाइमंड हो । यसलाई स्टुअर्ट ह्युजेसले डिजाइन गरेको हो । यो फोन ठोस गुलाब सुनले बनेको छ र यसमा ५०० हीराहरू छन् । यसको स्टार्ट बटनमा ७.४ क्यारेट गुलाबी हीरा छ । पछाडिको भाग गुलाब सुन प्रयोग गरी सुन्दर ढंगले डिजाइन गरिएको छ । यसको मूल्य १ अर्ब ६ करोड ७६ लाख ५४ हजार ४०० रुपैयाँ तोकिएको छ । 

null

गोल्डस्ट्रिक आईफोन थ्रीजीएस सुप्रिम 

स्टुआर्ट ह्युजकै डिजाइन रहेको यो फोन विश्वको चौथो महँगो फोन हो र यसको मूल्य ३२ लाख डलर रहेको छ । यो फोनमा २२ क्यारेटको २ सय ७१ ग्राम सुन प्रयोग गरिएको छ । यसमा चारवटा २.५ क्यारेट गुलाबी ब्यागेट हीराहरू छन् । फोनको पछाडिको भागमा लगभग ११२ ग्राम १८ क्यारेट गुलाब सुन र गुलाब सुनको एप्पल लोगो र ५३ वटा थप हीराहरू छन् । 

Photo Credit: Stuart Hughes 
 

आईफोन थ्रिजी किङ्ग बटन 

अष्ट्रियन डिजाइनर पिटर एलिसलनद्वारा डिजाइन गरेको आईफोन थ्रिजी किङ्ग बटनमा १८ क्यारेटको पहेँलो, सेतो र गुलाबी सुन प्रयोग गरिएको छ । यसका साथै चम्किलो ६.६ क्यारेट हीरा जडान गरिएको छ । यसको मूल्य  २.५ अमेरिकी डलर पर्छ । 

Photo Credit: WorldKings

डायमण्ड क्रिप्टो स्मार्टफोन 

अहिले छैंठौं नम्बरमा आउने १.३ मिलियन अमेरिकी डलर पर्ने डायमण्ड क्रिप्टो स्मार्टफोन कुनै समय संसारको सबैभन्दा महँगो फोनको सूचीको पहिलो नम्बरमा आउँथ्यो । एलोइसोनले डिजाइन गरी जेएससी एंकोर्ट कम्पनीले उत्पादन गरेको यो फोनको अधिकांस हिस्सा प्लाटिनमले बनेको छ ।

त्यस्तै फोनको लोगो र होम बटन चाहिँ गुलाबी सुनले बनेको छ । हेर्दा सानो देखिने यो फोनमा जम्मा ५० हीराहरू जडान गरिएका छन् । 

Photo Credit: Blog of Wishes

गोल्डविश ले मिलियन 

प्रसिद्ध लक्जरी ब्राण्ड गोल्डविसले उत्पादन गरेको ले मिलियन नामक फोन विश्वको सातौँ महंगो फोन हो । यो फोन विश्वचर्चित घडी तथा गहना डिजाइनर इमानुएल गुएटले डिजाइन गरेका हुन् । यो फोनमा १८ क्यारेटको सेतो सुनका साथै १२० क्यारेटका भिभिएस वान ग्रेड हिरा रहेको छ । यो फोन अहिलेसम्म केवल ३ वटामात्र उत्पादन भएको छ । यसको मूल्य १० लाख अमेरिकी डलर पर्छ । 

Photo Credit: Pinterest

ग्रेसो लुजर लास भेगास ज्याक्पट 

ग्रेस्सो कम्पनीको लस भेगास ज्याकपट नामक फोन विश्वको सबैभन्दा महंगो फोनको सूचीमा आठौँ स्थानमा आउँछ । कम्पनीले यो मोडेलका केवल ३ वटा मात्र फोन उत्पादन गरेको थियो र तीनवटामै युनिक नम्बर राखिएको थियो ।

यो फोनमा १८० ग्रामभन्दा बढि सुन तथा अगाडीको भागमा ४५.५ क्यारेटको कालो हिरा प्रयोग गरिएको छ । यसको मूल्य १० लाख डलर रहेको छ । यसको मूल्य पनि १० लाख डलर नै छ । 

Photo Credit: ZD Net

गोल्डेनभिस रिभालुसन 

चर्चित स्विडिस ब्राण्ड गोल्डविसद्वारा बनाईएका यो फोनको मूल्य ४ लाख ८८ हजार १५० डलर रहेको छ । यो फोनको डिजाइन आदि घढी जस्तो र आदी फोन जस्तो बनाइएको छ । सेतो र गुलाबी सुनबाट बनेको यो फोनमा सुन बाहेक हिरा, छाला तथा काँचको प्रयोग गरिएको छ । यसको मूल्य ४ लाख ८८ हजार १५० अमेरिकी डलर राखिएको छ । 

Photo Credit: Engadget

भर्टु सिंग्नेचर कोब्रा 

र अर्को दशौं नम्बरको संसारको महँगो फोन हो भर्चु सिंग्नेचर कोब्रा । भर्चु कम्पनीद्वारा डिजाइन गरिएको यो फोन जम्मा ८ वटामात्र उत्पादन गरिएको छ । फ्रेन्च कम्पनी बोचेरोन भर्चु कम्पनीले डिजाइन गरी बेलायतमा हस्तनिर्मित यो फोनमा सर्प बेरिएको जस्तो आकृतिमा सुन लेपन गरिएको छ ।

यसमा ४३० वटा रुबी प्रयोग गरिएको छ ।  यसको मूल्य ३ लाख १० हजार अमेरिकी डलर पर्ने गर्छ । 

Photo credit: Bollybonda
 

(एजेन्सीको सहकार्यमा तयार पारिएको सामग्री)