कीवर्डहरू -

नास्टको ४६ करोड बजेट स्वीकृत, विभिन्न विद्यामा २ दर्जन भन्दा बढि पुरस्कृत हुने

नास्टको ४६ करोड बजेट स्वीकृत, विभिन्न विद्यामा २ दर्जन भन्दा बढि पुरस्कृत हुने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४६ औं प्राज्ञसभा बैठकले ४६ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको अध्यक्षतामा सम्पन्न भएको प्राज्ञसभाले नास्टलाई आर्थिक वर्ष २०८०/०८१ को लागि कूल बजेट ४६ करोड २५ लाख ९० हजारको कार्यक्रम बजेट स्वीकृत गरेको हो । 

कोषले २०७९/०८० र २०८०/०८१ मा प्रदान गरिने विज्ञान तथा प्रविधि विधाका २ दर्जनभन्दा बढि विभिन्न पुरस्कारहरु प्रदान गर्ने निर्णय समेत गरेको छ । 

प्राज्ञसभामा मन्तव्य दिँदै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले प्रतिष्ठान स्थापनाको ४० वर्ष पार भइसकेको अवस्थामा देशमा विज्ञान तथा प्रविधिको विकास गर्नमा के कति योगदान नास्टले दियो र अब कुन कुन क्षेत्रमा केन्द्रित भई योजनावद्धरुपमा अवधि लक्षित कार्यक्रमका तर्जुमा गरी कार्यान्वयनतर्फ पनि ध्यान दिन निर्देशन दिएका छन् ।

४६ औं प्राज्ञसभामा स्वागत मन्तव्य व्यक्त गर्दै उपकुलपति प्राध्यापक डाक्टर दिलीप सुब्बाले प्रतिष्ठानको जिम्मेवारी बृहत भएतापनि विविध कारणले अपेक्षाकृत लक्ष्य हासिल गर्न कठिनाई आइपरेको बताए ।