कीवर्डहरू -

न्यूर्याक टाइम्सले आफ्नो मुद्दा सही पार्न गर्याे च्याटजीपीटी ह्याक

न्यूर्याक टाइम्सले आफ्नो मुद्दा सही पार्न गर्याे च्याटजीपीटी ह्याक

गत वर्ष डिसेम्बरमा, टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध प्रतिलिपि अधिकार (कपिराईट) उल्लङ्घनको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । यस मामिलामा एउटा नयाँ जानकारी प्रकाशमा आएको छ ।

 च्याटजीपीटीको निर्माताले संघीय अदालतलाई न्यूयोर्क टाइम्सको मुद्दाको अंश खारेज गर्न आग्रह गरेका छन् । यसमा उनले भ्रामक नतिजा देखाउन पत्रिकाले कम्पनीको एआई उपकरण ‘ह्याक’ गरेको बताए । 

थप रूपमा, म्यानहट्टन संघीय अदालतमा फाइलिङको क्रममा, ओपनएआईले टाइम्सले आफ्नो पत्रकारिता मापदण्ड पूरा नगरेको पनि बताएको छ । आफ्नो कुरा प्रमाणित गर्न, टाइम्सले ओपनएआईका उत्पादनहरू ह्याक गर्यो र कसैलाई यसको लागि पैसा पनि दिएको कम्पनीको दावी छ ।