कीवर्डहरू -

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने निजी क्षेत्रकाे दूरसञचार सेवा प्रदायक कम्पनी एनसेलले सधै अन प्लान सार्वजनिक गरेकाे छ । कम्पनीले सधै अन प्लान अन्तर्गत वेसिक, बेस्ट र अनलिमिटेड प्लान ल्याएकाे हाे । एनसेलले फाइनजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याए‌को जनाएकाे छ ।

सधै अन'काे मुख्य औचित्य भनेको ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधै अन गर्न सक्ने छन् । याे याेजन प्रिपेड ग्राहकहरूका लागि समेत रहेकाे छ । एनसेलको 'सधै अन' अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु संचालनमा ल्याएको छ ।

यसमा ७ दिनको समर्यासमा हरेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन्। हरेक प्लानमा डेटा, बल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुण्ण मस्तो शुल्कमा उपलब्ध हुन्छ ।

यसका साथै 'सधै अन' सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्। उदाहरणकालागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ ।

त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ । आफ्‌नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एमसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अन नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ।

उदाहरणका लागि यस प्लान अन्तर्गत र १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अन नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ। ग्राहकले *123# १ डायल गरि सजिलै अनुसार कुनै पनि 'सधै अन' प्लान लिन सक्छन् ।