कीवर्डहरू -

शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सफलतापूर्वक सम्पन्न

शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सफलतापूर्वक सम्पन्न

शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ । 

ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहका ६० बढी प्रतिभावान महिलाहरूको सहभागीता रहेको थियो ।

तीन दिनसम्म चलेको कार्यक्रममा टेवा नेपालमा आयोजित भएको थियो, जहाँ प्रतिभावान महिलाहरूले आफ्नो रचनात्मकता र तकनिकी क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट समाधानहरू विकसित गरेका थिए । 
ह्याकाथनलाई टेस्लाटेक नेपाल, संयुक्त राज्य अमेरिका दूतावास, नेपाल र संयुक्त राष्ट्र महिलाद्वारा समर्थित गरिएको थियो । 

यसले कौशल विकास, सहयोग र सशक्तिकरणका लागि एउटा मञ्च प्रदान गरेको थियो । ह्याकाथनको अन्तिम दिन टिम फिजिओनेपले नगद १,००,००० रुपैयाँ सहित विजयी स्थान सुरक्षित गर्न सफल भएको थियो, जसले तिनीहरूको समाधान भौतिक चिकित्सा प्रक्रियामा कोण निर्धारण गर्ने थियो । 

यसपछि, टिम पोषण साथीले आफ्नो  पोषणको माध्यमबाट सशक्त गर्ने समाधानको साथ नगद ७५,००० पुरस्कारका साथ फर्स्ट रनर अपको स्थान हासिल गर्न सफल भयो । अन्तमा, टिम लेडीबग्सले सीरभिक्स प्रकारको पहिचानकर्ता एप सिर्जना गर्यो र ५०,००० रुपैयाँको पुरस्कार सेकेन्ड रनर अपको स्थान हासिल गरेको छ । 

वैशाख २९ गते सुरू भएको ह्याकाथनको पहिलो दिन कार्यशालाहरूदेखि लिएर नेटवर्किङका क्षण, दोस्रो दिनमा अघि बढ्दै जाँदा, सहभागीहरूलाई उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया गर्न परिचय गराइएको थियो । 

शिक्वल फाउन्डेसनका संस्थापक तथा सह–प्रबन्ध निर्देशक आस्था शर्माले ह्याकाथनको सफलतामा खुसी व्यक्त गर्दै सहभागीहरूले कसरी नेपालको अत्यावश्यक समस्याहरूलाई अभिनव समाधानहरू मार्फत सम्बोधन गर्दै आफ्नो रचनात्मकता र प्राविधिक सीपहरू प्रदर्शन गरे भन्ने कुरामा जोड दिए । 

उनले कार्यक्रमले महिलाहरूको कोडिङ क्षमताहरू बढाउनको लागि प्लेटफर्मको रूपमा मात्र काम गरेको छैन तर सहयोग र सिकाइको लागि सहयोगी र सशक्तिकरण वातावरणलाई पनि बढावा दिएको कुरा हाइलाइट गरिन् ।

आस्था शर्माले थप समावेशी र समतामूलक भविष्यको लागि मार्ग प्रशस्त गर्ने, प्राविधिक उद्योगमा लैङ्गिक विविधता र सशक्तिकरणको ड्राइभिङ शेक्वल फाउन्डेसनको मिशनको अभिन्न अंग रहेको कुरामा समेत आस्था शर्माले जोड दिएकी थिइन्  ।