कीवर्डहरू -

डाटा सेन्टर, आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्दै नेपाल टेलिकम

डाटा सेन्टर, आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्दै नेपाल टेलिकम

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमले डाटा सेन्टर, संयुक्त लगानीमा आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेको माघ ३ गते एक वर्ष पुरा भएको अवसरमा मन्त्री शर्माले नेपाल टेलिकमबाट डाटा सेन्टर, संयुक्त लगानीमा आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिएकी हुन् । 

निजी क्षेत्रबाट डाटा सेन्टर सञ्‍चालन गर्न मापदण्ड र निर्देशिका तयारी गरिने उनको भनाइ छ । मन्त्रालयले एकीकृत सरकारी डाटा सेन्टरलाई स्तरोन्‍नति गर्नुका साथै हेटौंडामा रहेको डिजास्टर रिकोभरी सेन्टरको लागि मिररिङ्गमा सञ्‍चालन गर्ने गरी काम गरिरहेको छ । 

दूरसञ्‍चार पूर्वाधारमा भैरहेको दोहोरो लगानी न्यूनीकरण गर्न सेवाको माग, आवश्यकता, उपलब्धता तथा संभाव्यताका आधारमा पूर्वाधारहरुको सहप्रयोग गर्ने नीति लिइने मन्त्री शर्माले बताइन् ।  यसबाट शहरी क्षेत्रमा तार व्यवस्थापन हुन गई सौन्दर्यीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।