कीवर्डहरू -

दुबईमा भएको कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले हात पारे तीन अवार्ड

दुबईमा भएको कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले हात पारे तीन अवार्ड

सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीहरूले असाधारण प्रदर्शन गरेका छन् । १८ बढी देशबाट सहभागीता रहेको उक्त प्रतियोगितामा नेपाली विद्यार्थीले तीनओटा महत्त्वपूर्ण अवार्ड जितेका छन् । 

प्रतियोगितामा एशिया प्यासफिक स्कुलको एग्रोस्फेयर, डियरवाक सिफल स्कुलको गफजीपीटी र रिलायन्स पब्लिक स्कुलको एआई रोबो सिटी च्यालेन्ज परियोजनाले अवार्ड हात पार्न सफल भएका हुन् । 

अभिमोड उप्रेति, लिअम पराजुली र आदित्य श्रीवास्तवको परियोजना एग्रोस्फेयरले आउट अफ द बक्स आईडिया अवार्ड, दिक्षान्त पाण्डेको गफजीपीटीले सस्टेनिबिलिटी एण्ड लाइभलीहुड अवार्ड तथा रिशव लामिछाने, निश्चल अर्याल र स्वस्तिक मिश्रको परियोजना एआई रोबो सिटी च्यालेन्जले कन्सोलेसन पुरस्कार (सान्तवना पुरस्कार) प्राप्त गरेको छ । 

null

नेपालको लागि साझेदार संस्था निमा एकेडेमीसँगको साझेदारीमा स्टिमपेडियाले कोडिङ तथा रोबोटिक्स प्रतियोगिता आयोजना गरेको थियो । 

गत फेब्रुअरीमा एक कार्यक्रम आयोजना गर्दै निमा एकेडेमीकले देशभरका विद्यार्थीका परियोजना मध्येबाट केही परियोजनालाई दुबईमा पठाएको थियो । 

यसमा सहभागीहरूले समस्या समाधान गर्ने, टोलीमा काम गर्ने, आलोचनात्मक रूपमा सोच्ने, रचनात्मक रूपमा परियोजनाहरूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने जस्ता महत्त्वपूर्ण सिपहरू हासिल गरेको निमा एकेडेमीको भनाइ छ । 

null

यस बाहेक यसबाहेक, अन्तर्राष्ट्रिय स्तरको यस सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका साथीहरूसँग जोडिने, दुबईको जीवन्त सहर अवलोकन गर्ने र कोडिङ तथा रोबोटिक्स प्रतियोगिताहरूको विश्वव्यापी परिदृश्य अनुभव गर्ने सुनौलो अवसर प्रदान गरेको निमा एकेडेमीले जनाएको छ ।

null